जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता
पाेखरा | चैत ३, २०७९
पोखरा: जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ ।
धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराए । उनका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उनले बताए ।
अडिसनमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने उनले बताए ।
आफ्नो बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पुर्याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उनले गराए । कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटोलाई आफुले अनुसरण गर्दै आएको उल्लेख गरे । धर्मराज थापाका सिर्जनालाई प्रस्तुत गरी नयाँ कलाकारहरुलाई स्थापित हुन समेत प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा उनी आशावादी देखिन्छन् । कलाकारितामा निखारता ल्याउन प्रतियोगिताले सहयोग मिल्ने हुँदा इच्छुक प्रतियोगीहरुलाई सहभागी हुन उनको आग्रह छ ।
प्रा.कुञ्जराज थापाले स्वागत गरेको कार्यक्रममा कर्णप्रिय संगीतालयका निर्देशक संगीतकार करण तामाङले समेत बोलेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

